गोली हानेर हत्या गरेको आरोपमा दुई पक्राउ

काठमाडाैं | पुस १९, २०७९

गोली हानेर हत्या गरेको आरोपमा दुई पक्राउ

ढल्केवर:   जिल्ला प्रहरी कार्यालय धनुषाले गोली प्रहार गरेर हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, बस्ने अन्दाजी ४५ वर्षीय धानुक दासलाई पुस ९ गते गोली प्रहारी गरी हत्याको गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 


घरमै बसिरहेको बेला दासमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि जनकनपुरस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको थियो । 


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताउनुभयो । 


घटनामा संलग्न अन्य एकजना अझै फरार अवस्थामा रहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्